काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला एक हजार ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला एक हजार ८०० रुपैयाँले घटेको हो ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यसमेत घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला ३० रुपैयाँले घटेर एक हजार १८० रुपैयाँमा कारोबार भएको छ ।