बिर्तामोड । बिर्तामोड क्षेत्रकै पहिलो उज्यालो चिन्तन चौतारी रिसोर्ट संचालनमा आएको छ । बिर्तामोडको मुक्ति चोकदेखि साढे पाँच किलोमिटर दक्षिण हल्दिबारी जाने कालोपत्रे सडकले छुने गरी बिर्तामोड ९ मा दुई वर्षदेखि सो रिसोर्टको निर्माण शुरु गरिएको थियो ।

युवा व्यवसायी प्रकाश बुढाथोकीले आफ्नो १० कठ्ठा जग्गामा करिव ४ करोडको लागतमा सो रिसोर्ट निर्माण गरेका हुन् । रिसोर्टमा एटेज डिलक्स रुम, बालबालिका र ठूलाका लागि भिन्नाभिन्नै स्वीमिङ पूल, पार्टी प्यालेस, फनपार्क, रेष्टुरेन्टलगायतका सुविधाहरु रहेका छन् ।

पर्यटकहरुलाई नेपाली, थकाली, चाइनिज, इन्डियन खानाको व्यवस्था रहने त्यस रिसोर्टमा आफैले उत्पादन गरेको हाँस, कुखुरा, बटाइ, माछा उपलब्ध हुने संचालक बुढाथोकीले बताए ।

पर्यटन प्रवद्र्धन गर्दै स्वदेशमै केही गरौं भन्ने उद्धेश्यले आफ्नै गाउँ समाजमा रिसोर्ट संचालनमा ल्याएको उनले बताए । बिर्तामोडको कोलाहल र प्रदुषणबाट मुक्त भएर शान्त वातावरणमा रमाउन चाहने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट खोलिएको उनको भनाइ छ ।

रिसोर्टमा आज पूजापाठ गरी शुभारम्भ गरिएको हो । कोरोना महामारीका कारण अहिलेलाई थाँती राख्दै रिसोर्ट उद्घाटन कार्यक्रम पछि राखिएको अर्का संचालक बृन्दा बुढाथोकीले बताइन् ।