बिर्तामोड । झापा जिल्ला आल्मुनियम तथा स्टील व्यवसायी संगठित भएका छन् । जेसिका आल्मुनियम बिर्तामोडका सञ्चालक समिल राईको नेतृत्वमा आल्मुनियम व्यवसायी संगठित भएका हुन् ।

झापाका आल्मुनियम तथा स्टील व्यवसायीहरुको सोमबार बिर्तामोडमा भएको भेलाले समिल राईको अध्यक्षतामा झापा जिल्ला आल्मुनियम तथा स्टील व्यवसायी संघको तदर्थ समिति गठन गरेको हो ।

नवगठित समितिको सदस्यहरुमा रोषन नेम्वाङ, विनोद रिजाल, तेजु खतिवडा, योगेश खवास, ललित थामी, सोम पोर्तेल, नविन राई, गोपाल सिटौला, दिनेश कार्की र बद्री रिजाल रहेका छन् ।

एक साताभित्र बैठक बसेर भूगाेलका आधारमा कार्यसमिति निर्माण गरिने अध्यक्ष राईले बताए । उनका अनुसार झापा जिल्लालाई समेट्नका लागि जिल्ला सदस्यकाे संख्या १७ पुराइने भएकाे छ । त्यस्तै समितिको सल्लाहकारहरुमा मोहन खरेल, हरि श्रेष्ठ, तेज संग्रौला, हेम गुरुङ, भरत श्रेष्ठ, ज्ञान रिमाल र गणेश कार्की रहेका छन् ।

झापामा आल्मुनियम तथा स्टील व्यवसाय गर्ने एक सयभन्दा बढी व्यवसायीहरु रहे पनि हालसम्म संगठित नहुँदा व्यावसायिक हक हितमा समस्या, गुणस्तर र मूल्यमा असमानता रहेकाले त्यसलाई चिरेर आल्मुनियम तथा स्टील व्यवसायीको हक हितका लागि झापा जिल्ला आल्मुनियम तथा स्टील व्यवसायी संघ गठन गरिएको बताइएको छ । कार्यक्रमको सहजीकरण आल्मुनियम व्यवसायी गोपाल सिटौलाले गरेका थिए ।