ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ३ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ । मंसिर महिनामा मात्रै १ लाख ७ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

एकै महिनामा यति धेरै राजश्व संकलन भएको यो पहिलो पटक हो । पछिल्लो ६ महिनामा ४ सय ८३ वटा सवारी साधनका चालक कारबाहीमा पर्दा ३ लाख ८ हजार ५ सय रुपैयाँ राजश्व जम्मा भएको हो ।

उक्त अवधिमा १२ वटा ट्रक, ५० वटा ट्याक्टर, ३ सय ३ वटा मोटर साइकल र १४ वटा अटोका चालक कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयका सागर दाहालले जानकारी दिनुभयो ।