जौबारी । जौबारीबाट तुम्लिङहुँदै २ किलोमिटरको यात्रामा पुगिन्छ प्रकृति सिँगारिएको क्षेत्र टङलु । माईजोगमाई गाउँपालिका २ मा रहेको टङ्लु क्षेत्र समुन्द्र सतहबाट ३ हजार ७० मिटर उचाईमा पर्दछ ।

हिमाली दृश्य र प्रकृतिसँगै रमाउनका लागि हजारौँ पर्टकमाझ टङ्लुले हरेक वर्ष लोकप्रियता कमाएको छ । हिमालसँगै कुम जोडाएर फोटो खिच्न पाउँदा टङ्लु पुग्ने जो कोहीको मन फुरुङ्ग बनाउँछ ।

मौसम खुल्ला भएको बेला भारतका सहर, नेपालको कोशी नदी समेत स्पष्ट देख्न सकिन्छ । साँझको समयमा झिलिमिली कर्साङ र दार्जिलिङको दृश्य अनि टङ्लुको पोखरीमाथिको डाँडामा रमाउन पाउँदा आहा टङ्लु पुग्नुको मज्जा !