धुलाबारी । मेचीनगर-१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाको कार्यालयमा आयोजित सभाको उद्घाटन उक्त सहकारीका संस्थापक अध्यक्ष चन्द्रकुमार भट्टराईले गरेका थिए ।

सभाको खुल्ला सत्रमा प्रमुख अतिथि भट्टराई, विशेष अतिथि मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, १० का अध्यक्ष सुदय पनेरु, संस्थाका निवर्तमान अध्यक्ष चुडामणि बराल, पूर्व डिएसपी प्रेम लामालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष विष्णुकुमार लावतीले उद्घाटन सत्रमा संस्थाको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक डिल्ली खनालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका व्यवस्थापक सुन्दरबहादुर मगरले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सचिव सुभाष गुरुङले गरेका थिए ।