झापा । हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ साथै देशका पहाडी भूभागका केही स्थानहरुमा र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ।

देशको उच्च हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै विभिन्न भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु् कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

बुधबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। शुक्रबार प्रदेश नं १, बागमती, लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

देशको उच्च हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै विभिन्न भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्रकुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।