दमक । झापाको दमक ६ मा रहेको ग्लोवल ओरियन्स नेटवर्किङ कम्पन्नीमा झापा प्रहरीले छापा मारी कराेडाैँ मूल्यका अबैध सामान बरामद गरेको छ ।

दमक ६ स्थित पदम गुरुङको घरमा भण्डारण गरी नेटवर्किङ रुपमा कारोवार गर्दै आएका जितेन्द्र साहसहित ती सामानहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । आज इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

उनका अनुसार बरामद गरिएको खाद्य बस्तुहरुको मूल्य ३ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ । वरामद गरिएको सामानको मूल्यको विल भने रु ८७ लाख २६ हजार ५ सय २० रहेको पाईएको छ ।

काठमाडौको बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रालिबाट केही परिमाणका खाद्यबस्तु खरिद गरेको र अन्य बस्तु भन्सार तथा राजश्व छली गरी ल्याईएको आशंकामा प्रहरीले ती सामान बरामद गरेको उनले बताए ।

पक्राउ परेका साहसहित बरामद सामानलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईने उनले जानकारी दिए ।