0 Shares

झापा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।

बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। महाशाखाले आज दिउँसो प्रदेश न १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।

यसैगरी, राति प्रदेश न १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।