काठमाडौं । देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । त्यस्तै, काठमाडौंमा सामान्यतया मौसम सफा रहने छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ६ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५१ मिनेटमा हुनेछ ।