ताप्लेजुङ । फुङलिङ नगरपालिका ८ स्थित सुकेटार नजिकै रहेको कालिज फर्ममा रहेका डेढ सय कालिज जंगली जनावरको आक्रमणले मरेका छन् ।

वाइल्ड लाइफ एग्रो फर्ममा रहेका १५० वटाभन्दा बढी कालिज गएराति जंगली जनावरको आक्रमणले मरेका हुन् । स्थानीय तीन जना युवाले साझेदारीमा फर्म सञ्चालन गरेका थिए ।

राति आक्रमण भएकाले ठुलो संख्यामा क्षति भएको फर्म सञ्चालक नबिन भट्टराईले बताउनुभयो । हुर्केर बिक्री गर्ने समयमा पुगेका एक सय ५० वटाभन्दा बढी कालिज मर्दा झण्डै ४ लाख बढीको क्षति भएको सञ्चालकको गुनासो छ ।