झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवा तीन करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक बर्षको बैशाख मसान्तसम्ममा सो रकम संकलन गरेको हो ।

ट्राफिक कार्यालयले यस आर्थिक बर्षको १० महिनाको अवधिमा ३ करोड २८ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ४६ हजार ९ सय वटा सवारीसाधन कारबाहीबाट सो रकम संकलन गरेको सुचना अधिकारी शिवकुमार शर्माले बताए ।

कार्यालयले चैत्र महिनामा सबैभन्दा धेरै ४८ लाख ९६ हजार ५ सय रुपैयाँ र साउन महिनामा सबैभन्दा कम २२ लाख ७७ हजार रुपैयाँ संकलन गरेको जनाएको छ ।

अन्य सवारीको तुलनामा सबैभन्दा धेरै १८ हजार ८ सय ३३ वटा मोटरसाइकल कारबाहीमा परेका छन् भने सोबाट संकलन भएको १ करोड ३४ लाख ८४ हजार ५ सय रुपैयाँ राजश्व सबै भन्दा बढी हो ।