झापा । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) को मूल्य २र२ रुपैयाँका दरले बढाएको छ । यो शनिवार राति १२ बजेपछि लागू भइसकेको छ ।

अब प्रतिलिटर पेट्रोलको मूल्य एक सय २५ रुपैयाँ, डिजेल र मट्टीतेलको एक सय आठ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

ुस्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको छु, निगमले भनेको छ ।

पछिल्लो पटक निगमले गएको जेठ २ गते मूल्य बढाएर पेट्रोलको एक सय २३ रुपैयाँ, डिजल र मट्टीतेलको एक सय ६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ पुर्याएको थियो ।