संक्रान्ति (तेह्रथुम) । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा लाग्दै आएको ऐतिहासिक आठराई मदन मेला २०८० को अवसरमा आज सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

 

फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हजारौँको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्नो रचना वाचन गर्नुका साथै कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

 

यसैगरी, कलाकारहरुले लोक दोहोरी गीत पनि प्रस्तुत गरेका थिए । आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमको अध्यक्षतामा भएको प्रतियोगितात्मक विधागत कार्यक्रमका विजेताहरुलाई नगद प्रदान गरिएको थियो ।

 

हेर्नुहोस्, मदन मेलाका तस्वीरहरुः