झापा । असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव शनिबार देशैभर विविध कार्यक्रमका साथ मनाइएको छ । नेपालमा २०६१ सालदेखि असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको हो ।

 

यसपाली झापाको अर्जुनधारा नगरपालिकामा पनि २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो । यस वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ अर्जुनधारा १ स्थित जीवन चोकमा नगरको कृषि शाखाले बेठीसहित विविध कार्यक्रम गरी धान दिवस मनाइएको हो ।

 

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवम् उपलव्ध प्रविधिको प्रचारप्रसार गरी किसानमाझ पुर्‍याउने उद्देश्यले धान दिवस मनाइएको शाखाकी प्रमुख एन्जिला बेडारीले बताइन् ।

 

तस्वीरमा हेरौँ, अर्जुनधाराको धान दिवस…