
शनिश्चरे । झापाको अर्जुनधारामा विगत वर्षमा झैँ यसवर्ष पनि सयपत्री साँझ हुने भएको छ । अर्जुनधारा १ स्थित मंगलबारे बजारमा सयपत्री साँझ २०८१ हुने भएको हो ।
सयपत्री युवा समूहका अध्यक्ष पवन खनालका अनुसार असोज २५ गते नवमीका दिन विभिन्न सांगीतिक कार्यक्रमका साथ सयपत्री साँझ आयोजना गरिएको छ ।
सोही कार्यक्रममा सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याएका अर्जुनधारा १ निवासी एकजना समाजसेवीलाई वर्ष व्यक्तित्व सम्मान प्रदान गरिने पनि अध्यक्ष खनालले जानकारी दिए ।
२०५४ सालमा स्थापित समूहले दशैं, तिहारलगायत पर्वको अवसर पारेर िवगत केही वर्षदेखि सयपत्री साँझसँगै वर्ष व्यक्तित्व सम्मान कार्यलाई निरन्तरता दिँदै आएको छ । यसवर्ष कोरियामा रहेका यसै क्षेत्रका युवाहरुको सहयोगमा कार्यक्रम आयोजना गरिने भएको हो ।
कार्यक्रमको तयारी स्वरुप आज आयोजक समुहले स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिभि र स्थानीयहरुसँग छलफल गरेको थियो । कार्यक्रममा राष्ट्रियस्तरका कलाकारसँगै स्थानीय कलाकारहरुले सांगीतिक तथा साँस्कृतिक प्रस्तुति दिने भएका छन् ।