बिर्तामोड । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको दशौं वार्षिक साधारणसमा तथा पाँचौ अधिवेशनले क्वालिटी कम्प्युटरकी निर्देशक शुभ कुमाई पाठकको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

 

क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय अध्यक्ष रन्जितकुमार पोद्धारको प्रमुख आतिथ्यमा आइतबार बिर्तामोडमा सम्पन्न वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

 

निर्वाचन समितिले लोकनाथ खनाल (लोकप्रिय), खगेन्द्र मिश्र, बिनोद श्रेष्ठ, जेनिशा पोखरेल, योगेश राजवंशी, तोषराज ठाकुर र वाप्पा साहालाई सदस्यमा सर्वसम्मत चयन गरेको छ । यस्तै क्यान झापाको संस्थागत कार्यसमिति सदस्यमा साझामञ्च मिडियाका प्रधान सम्पादक गोपाल काफ्लेलाई चयन गरिएको छ ।