ताप्लेजुङ । सुनसरी धरानको गोधुली एफसीले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबर भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माइजोगमाईलाई पराजित गर्दै धरानले उपाधि जितेको हो।

 

धरानले जितका लागि इलाममाथि ४-१ गोल गरेको थियो। उपाधिसँगै धरानले तीन लाख दुई हजार ८१ रुपैयाँसहित ट्रफी पाएको छ। उपविजेता बनेको रेड डेभिल्सले एक लाख ५१ हजार ८१ रुपैयाँमा चित्त बुझाएको छ।

 

लिम्बू समुदायको साँस्कृतिक पर्व चासोक तङ्नामको अवसरम चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजङ्घा फुङ्लिङ क्लब र ङावोरक सङ्जुम्भो फुङ्लेङले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरेका हुन्।