काठमाडौं। काठमाडौं रेजर्स र झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)मा बराबरीमा रोकिएका छन्। योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अंक पुर्याएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्। दुवै टोलीको जारी प्रतियोगितामा दोस्रो बराबरी हो। पहिलो संस्करणको विजेता काठमाडौंले साविक विजेता ललितपुर सिटी एफसीसँग २-२ गोलको बराबरी खेलेको थियो।
झापा भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यसैले झापा गोलविहीन भएको यो दोस्रो खेल बनेको छ। झापाले भने गतिलो पोष्ट चार्ज समेत गर्न सकेन । पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।
खेलमा तुलनात्मक रूपमा काठमाडौंले गोल गर्ने मौका बढी सिर्जना गरे पनि त्यसको सदुपयोग गर्न सकेन । काउन्टर अट्याकमा झापाले केही अवसर सिर्जना गर्दै काठमाडौंलाई समस्या भने दिएको थियो ।