इलाम । उत्कष्ट पुनरागमन गर्दै उदयपुरको ब्रदरहुड एफसी यहाँ जारी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई ३-२ गोलले पराजित गरेर उदयपुर अन्तिम चारमा प्रवेश गरेको हो ।

 

पहिलो हाफको ३०औँ मिनेटमा अनिष आरडीको गोलसँगै अग्रता बनाएको चुलाचुलीले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा हार स्वीकार्न बाध्य बन्यो । खेलको ६५औँ मिनेटमा उदयपुरका प्रवेश दनुवारले गोल गर्दै खेललाई बराबरी मा पुर्याए ।

 

दोस्रो हाफकै ७८ र ८६ मिनेटमा ब्रदरहुडका कप्तान आकाश राईले थप दुइ गोल गर्दै उदयपुरको जित सुनिश्चित गरेका हुन् । इन्जुरी समयको अन्तिम मिनेटमा चुलाचुलीका अनिष आरडीले थप गोल गरे पनि हार टार्न भने सकेनन् ।

 

खेलको प्लेयर अफ दि म्याच ब्रदहुडका आकाश राई घोषितहुँदै दुइ हजार पॉच सयसहित ट्रफी प्राप्त गरे । बिहीबार अन्तिम क्वाटर फाइनलमा बुट्टाबारी फुटबल क्लब झापा र वाइवाइ पॉचथर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

सन्दकपुर गाउँपालिका ३ देउराली स्थित सात खाल्डे सहिद खेलमैदानमा वैशाख १ गते हुने फाइनल खेलको विजेताले नगद २ लाख ५५ हजार उपविजेताले नगद १ लाख ५५ हजारसहित ट्रफी पाउने छ ।