तेह्रथुम । आठराईको संक्रान्ति बजारमा आयोजित मदन मेला २०८२ को मदन मेमोरियल खुल्ला पुरूष फुटबलको च्याम्पियन उपाधि सोधुङ सेन्दाङ समाज र खुल्ला महिलातर्फ म्याङलुङ स्पोर्टिङ क्लब बनेका छन् ।

 

आज भएको पुरूषतर्फको फाइनल खेलमा आठराई गाउँपालिका तेह्रथुमलाई १-० गोलले पराजित गर्दै सोधुङ सेन्दाङ समाजले उपाधि जितेको हो । पहिलो हाफको सुरूवाती दोस्रो मिनेटमा कप्तान अनुप सेन्दाङले गरेको गोल नै निर्णायक गोल बन्यो ।

 

उपाधिसंगै सोधुङ सेन्दाङले २ लाख ५ हजार ५५५ र उपविजेता आठराई गाउँपालिकाले १ लाख ३० हजार ५५५ रुपैयाँसहित ट्रफीमा चित्त बुझायो ।

 

यसैगरी, आजै भएको महिलातर्फको फाइनल खेलमा दोखु युवा क्लब ताप्लेजुङलाई १-० गोलले पराजित गर्दै म्याङलुङ स्पोर्टिङ क्लबले उपाधि हात पार्यो । म्याङलुङका लागि केरेन लिम्बूले निर्णायक गोल गरेकी हुन् ।

 

उपाधिसंगै म्याङलुङले ८० हजार ५५५ रुपैयाँ र उपविजेता दोखु ताप्लेजुङले ५० हजार ५५५ रुपैयाँसहित ट्रफी पायो । मेलामा आठराई गाउँपालिका र मदन धारा समितिको आर्थिक सहयोग रहेको थियो।