छनाेटका लागि अर्जुनधारा नगरबाट आएका खेलाडीहरू । न्यूज सञ्जाल

शनिश्चरे (झापा) । अर्जुनधारा नगर खेलकुद विकास समितिले झापा जिल्ला पालिकास्तरीय यू-१८ फुटबल प्रतियोगिताका लागि २३ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

 

अर्जुनधारा ९ स्थित खरबन्दी खेलमैदानमा २ दिनसम्म भएको खेलाडी छनोटपछि २३ जनालाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । छनोटमा करिब सय जना खेलाडी आएका थिए ।

 

गोलकिपरः सौरभ विक, अनमोल लिम्बू र सिद्धार्थ लिम्बू । डिफेन्डरः बुद्ध चौधरी, अमन गिरी, निश्चल राई, साहिल खड्का, रोनिश काफ्ले, करण खवास, सागर तामाङ, प्रविण तिम्सिना ।

मिडफिल्डरः साङगे तामाङ, उज्जवल राई, मिराक मल्ल, विशेष कार्की, निश्चल भण्डारी, अर्पित मगर । फरवार्डः गणेश गजमेर, आदर्श मेचे, अनुज बाँस्कोटा, युगल राई, सुगम लामिछाने र निश्चल मिश्र ।

 

बन्द प्रशिक्षणमा परेका २३ जना खेलाडीलाई नै प्रशिक्षण दिइने प्रशिक्षक पुष्प मादेनले जानकारी दिएका छन् । अर्जुनधारा ८ को शनिश्चरे फुटबल क्लबले आउँदो माघ ११ गतेदेखि प्रतियोगिताको आयोजना गर्दैछ । विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ ।

 

प्रतियोगितामा आयोजकको तर्फबाट अर्जुनधारा नगरपालिका, बिर्तामोड, मेचीनगर, भद्रपुर, शिवसताक्षी, कनकाई नगरपालिका, बाह्रदशी, बुद्धशान्ति र कमल गाउँपालिका गरी ९ वटा टोली सहभागी छन् ।