झापा । अर्जुनधारा जेसीजको १२औँ अधिवेशनबाट पहिलोपटक अध्यक्ष पदमा महिला नेतृत्व चयन भएकी छन् । पहिलोपटक नवनिर्वाचित अध्यक्षमा विमला भट्टराई चयन भएकी हुन् ।

नयाँ कार्यसमितिअनुसार कार्यकारिणी उपाध्यक्षमा प्रजित थापा र उज्वल खरेल चयन भएका छन् भने महासचिवमा गौरव भण्डारी, कोषाध्यक्षमा रंजिता दुलाल, कानूनी सल्लाहकार रमेश विष्ट मनोनित भएका छन् ।

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालमा अर्जुनधारा जेसीजलाई अझ सक्रिय, प्रभावकारी र समुदायमैत्री बनाउने अपेक्षा गरिएको छ ।

सन् २०१२ मा स्थापना भएकाे जेसीस २०१७ साधारण सदस्यमा प्रवेश गरेकी विमला काेषाध्यक्ष, महासचिव, उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्षहुँदै अहिले अध्यक्षमा चयन भएकी हुन् ।

अर्जुनधारा जेसीजको एक दशक लामो यात्रामा पहिलोपल्ट महिला नेतृत्व पाएको हो । जेसीजमा महिला सदस्य कमै रहेका छन् । नेतृत्वमा महिला आएपछि केही परिवर्तन आउने अपेक्षा गरिएको छ ।