झापा । तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ खुदुनाबारी निवासी राजन बाँस्कोटाको उपचारका क्रममा मृत्यु भएको छ ।

 

बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा गएराति ९ः१० बजे घाइते ४५ वर्षीय बाँस्कोटाको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

 

माघ २१ गते बिहान ६ः३० बजे अर्जुनधारा ३ गरुवा चौकस्थित बिर्तामोड-खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र. १-०१-०१८ प १६७ नम्बरको स्कुटीले बाटो क्रस गर्दै गरेका पैदलयात्री बाँस्कोटालाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो ।

 

स्कुटी चालक इलाम माई नगरपालिका ३ बस्ने ३५ वर्षीया अमृता राई र स्कुटी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।