बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका ९ स्थित चिल्लागढधाम नजिकै कलेजको बस दुर्घटना भएको छ । दुर्घटना आज बिहान भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान ०६ः१५ बजे चिल्लागढधाम नजिक भित्री सडक खण्डमा ब्याङ्डाँडाबाट बिर्तामोडतर्फ आउँदै गरेको बिर्तामोडको इकोहोम कलेजको बस दुर्घटना भएको हो ।

 

प्र. १-०१-००१ क १३१४ नम्बरको बस अनियन्त्रित भएर सडकछेउमा पल्टिएर दुर्घटना भएको हो । बस तीव्र गति रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बसमा रहेका चालकसहित पाँचजनामध्ये चारजना समान्य घाइते भएका छन् ।

 

उनीहरुलाई उपचारको लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको र बस चालक प्रहरीको नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

दुर्घटनामा बुद्धशान्ति ४ का २४ वर्षीय सहचालक प्रकाश सिलवाल, शिवसताक्षी ८ का १८ वर्षीय इसान पकवाल, १८ वर्षीय स्वभाग्य राई र १७ वर्षीय निसब भेटवाल सामान्य घाइते भएका छन् ।