झापा । अर्जुनधारा नगरपालिका ११ मा रहेको महारानीगञ्ज माविमा नवआगन्तुक विद्यार्थीलाई आज एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।

 

यसै शैक्षिक सत्रमा भर्ना भएका ११६ जना विद्यार्थीलाई खदा पहिर्याएर स्वागत गरिएको हो । कक्षा नर्सरीदेखि कक्षा १० सम्म यसै वर्ष ११६ जना विद्यार्थी भर्ना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडाले जानकारी दिए ।

 

स्वागत कार्यक्रममा बोल्दै वडाध्यक्ष खगेन्द्र इङनामले विद्यार्थी भर्ना संख्या उत्साहजनक रहेको भन्दै प्रशंसा गरे । उनले बढ्दो विद्यार्थी संख्यासँगै शैक्षिक गुणस्तर उकास्न शिक्षक र अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने धारणा राखे ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खतिवडाको अध्यक्षता र शिक्षक सूर्यप्रसाद सापकोटाले स्वागत गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले आफ्ना भनाइ राखेका थिए भने सञ्चालन शिक्षक समिरबहादुर कट्टेले गरेका थिए ।

 

कक्षा ८ र एसइइ परीक्षामा राम्रो नतिजा ल्याएको यस विद्यालयमा ३१२ जना अध्ययनरत रहेका छन् । कार्यक्रममा अभिभावकहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।