बिर्तामोड । झापाको बिर्तामोड २ र अर्जुनधारा ५ स्थित चारपानेमा अत्याधुनिक सुविधासम्पन्न व्ययमशाला तुल फिटनेस सञ्चालनमा आएको छ ।
करिब पाँच कठ्ठा क्षेत्रफलमा स्थापना गरिएको फिटनेस सेन्टरमा करिब २ करोड रुपैयाँबराबरका आधुनिक उपकरण जडान गरिएको सञ्चालक तुल श्रेष्ठले बताएका छन् । जग्गा र भवनसहित ७ करोड रुपैयाँको लगानी रहेको छ ।
नेपालमै पहिलोपटक यस स्तरको अत्याधुनिक फिटनेस उपकरण एकै स्थानमा जडान गरिएको श्रेष्ठको दाबी छ । फिटनेस सेन्टरमा एकै पटक सय जनाले एरोबिक, जुम्बा, जिम, बक्सिङ लगायतका विभिन्न फिटनेस गतिविधिमा सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।
फिटनेस सेन्टरमा अनुभवी तथा दक्ष प्रशिक्षकमार्फत प्रशिक्षण प्रदान गरिने बताइएको छ । सञ्चालक श्रेष्ठले आधुनिक उपकरण, गुणस्तरीय प्रशिक्षण र स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने उद्देश्यका साथ तुल फिटनेस सञ्चालनमा ल्याइएको बताए ।