झापा । झापाको अर्जुनधारा १ मा प्रशिक्षण गर्दै आएका सितोरियो करातेका खेलाडीहरुको हिजो ग्रेडिङ सम्पन्न भएको छ ।
अर्जुनधारा १ नम्बर खेलकुद विकास समिति र सिस्ने डोजोको संयुक्त आयोजनामा भएको ग्रेडिङमा ८३ जना कराते खेलाडी सहभागी थिए । उनीहरुलाई जुनियर बेल्ट प्रदान गरिएको छ ।
अर्जुनधारा १ स्थित सिंहदेवी मावि सिस्नेमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई बेल्ट वितरण गरिएको हो । वडा नं. १ का खेलकुद विकास समितिका संयोजक सूर्यबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचेको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि मेचेले खेलकुद स्वास्थ्य स्वास्थ्यका लागि अति आवश्यक भएको बताउँदै खेलकुदले मानिसलाई विभिन्न रोगसँग लड्ने क्षमता प्रदान गर्ने बताए । खेलले देशमा मात्र होइन अन्तर्राष्ट्रियस्तरमा समेत पहिचान बनाउन सकिने उनको भनाइ छ ।
कार्यक्रममा सिस्ने डोजोका तर्फबाट प्रशिक्षक बद्री विष्ट, जीवन राई, नारायण सुब्बालगायतको उपस्थिति रहेको थियो ।