टिम टेन नवोदय र म्यान अफ दी म्याच नवोदयकै अर्जुन बस्नेत ।

गोपाल काफ्ले,
पथरी । मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे प्रिमियर लिगको बुधबारकोे खेलमा टेन नवोदय विजयी भएको छ । दोस्रो चरणको तेस्रो खेलमा वाईजिएफटिलाई १-० गोलले पराजित गर्दै टेन नवोदय ६ अंकका साथ समुह बीको शीर्ष स्थानमा पुगेको छ ।

पहिलो हाफको १६औं मिनेटमा टेन नवोदयका घनश्याम चौहानले गरेको गोल नै खेलको निर्णायक बन्ये । प्रतिस्पर्धात्मक खेलमा दुबै तर्फबाट गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

वाईजिएफटिले पाएको गोल गर्ने अवसरलाई नवोदयका गोलरक्षक अर्जुन बस्नेतले विफल तुल्याएका थिए । उनी नै खेलको म्यान अफ दी म्याच घोषित भए ।

पथरी रंगशालामा जारी प्रिमियर लिग च्याम्पियनले नगद १ लाख ७५ हजार र फस्ट रनरअपले नगद ७५ हजार पाउनेछ । भोलि बिहीबारको खेल देवीगञ्ज एफसी र द रियल ब्रदर्सबीच हुनेछ ।