काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (सोमबार) दुई खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र विराटनगरबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ ।
आज आर्मी तेस्रो जित निकाल्ने योजनामा हुनेछ । आर्मी विराटनगरलाई हराएर लिगको दोस्रो स्थानमा उक्लन चाहन्छ । आर्मी ४ खेलमा ७ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । विराटनगर ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
अर्को खेलमा एपीएफले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ ।साविक विजेता एपीएफ र चौदण्डीबीचको खेल अपरान्ह २ः३० बजे सुरु हुनेछ ।
आज एपीएफ लगातार छैटौं जितको खोजीमा रहेको छ । एपीएफ ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । चौदण्डी भने पहिलो जितको खोजीमा हुनेछ । अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।