पाँचथर । नवमी डाँडामा आयोजित नकआउट फुटबल प्रतियोगिताको बुधबारको खेलबाट स्वतन्त्र एफसी रानीटार सेमिफाइनल खेलमा प्रवेश गरेको छ ।
तिजोग युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा रानीटारले २-१ गोलअन्तरमा फाइब स्टार आङसाराङलाई पराजित गरेको हो ।
रानीटारका लागि रमेश लिम्बू, शुभम रायाले गोल गरेका थिए भने फाइभ स्टारका लागि दिवस लिम्बूले सान्त्वना गोल गरेका हुन् ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार पाउने छ भने फाइनल खेल ४ गते हुनेछ ।