झापा । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । यसक्रममा ताईपेसँगको खेलका लागि नेपालले सुरुवाती ११ को घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४-३-३ को रणनीतिमा मैदान उतारेका छन् । नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् ।
इराकविरुद्धको मैत्रीपूर्ण खेलमा सुरुवाती ११ मा रहेका मनिष डाँगी र नवयुग श्रेष्ठलाई बेन्चमा राखिएको छ । आशिष लामा र सुनिल बलले सुरुवाती ११ मा मौका पाएका छन् ।
नेपाली टिमः
गोलकिपरः किरण चेम्जोङ
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल
मिडफिल्डरः सुमन लामा, पुजन उपरकोटी, सन्तोष तामाङ
फरवार्डः अन्जन विष्ट, सुनिल बल, आशिष लामा