झापा । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली समय अनुसार राति पौने १० बजे शुरु हुने खेलका लागि नेपालले सुरुवाती ११ जना खेलाडीको नामावली सार्वजनिक गरेको छ ।
आजको खेलमा विकास खवास, सुमन लामा र अभिषेक रिजालले सुरुवाती ११ मा स्थान बनाएका छन् । गौतम श्रेष्ठ, सुनिल बल र आशिष लामाको ठाउँमा खवास, लामा र रिजाल सुरुमै परेका हुन् ।
यस्तै नियमित खेलाडीमा किरण लिम्बू कप्तान, विकास खवास, अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, सुमन अर्याल, पुजन उपरकोटी, सन्तोष तामाङ, अञ्जन विष्ट, अभिषेक रिजाल र सुमन लामा रहेका छन् ।