काठमाडौं । महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाइएको छ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बुधबार ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

फिलिप्सले एएफसी महिला एसियन कप २०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । नेपाली टिमका नियमित फरवार्ड सावित्रा भण्डारीलाई टिममा राखिएको छैन । चोटको उपचारको लागि उनी कतारमा रहेकी छिन् ।

छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौ देखि ९ असोज) लाई तोकेको छ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । नेपाली टिमको बन्द प्रशिक्षण साउन ३ गतेबाट सुरु हुनेछ ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरुः
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेम्जोङ, हिरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला बिक, दिपा राई रहेकी छन् ।

यसैगरी, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्द्र राई, विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सबिता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राई रहेकी छन् ।