झापा । भारतसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले १ गोलको अग्रता हासिल गरेको छ ।
नेपालका लागि अन्जन विष्टले गोलको खाता खोलेका हुन् । उनले खेलको ३५औँ मिनेटमा गोल गरे ।
दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीबाट आक्रमणको प्रयास भएका थिए । यसमा अन्जन भाग्यमानी सावित भए । यस्तै, नेपालले थुप्रै मुभ सिर्जना गरे पनि गोलपोस्टको दिशा दिन भने सकेकाे थिएन ।
त्यस्तै, सुनिल क्षेत्रीको कप्तानीमा मैदानमा उत्रेको भारतीय टोलीले पनि आक्रामक खेल प्रस्तुत गरे पनि स्कोर भने हुन सकेको छैन ।