झापा । नेपाल र भारतबीच जारी मैत्रीपूर्ण खेलमा भारतलाई १ गोलको अग्रता मिलेको छ ।
दोस्रो हाफमा भारतलाई अग्रता मिलेको हो । सब्सिच्यूट प्लेयर फारुक चौधरीको गोलबाट भारतलाई अग्रता मिलेको थियो । खेलको ६२औँ मिनेटमा उनले गोल गरेका हुन् ।
गोलकिपर किरण लिम्बू नजिकै अनमार्क रहेका फारुकले कप्तान सुनिल क्षेत्रीको हेड पासलाई गोलपोस्टको दिशा दिएका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।