काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अग्रता दोब्बर बनाएको छ ।
१-० गोलको अग्रता कायम गरेको नेपालका लागि प्रिति राईले गोल गरे अग्रता दोब्बर बनाएकी हुन् । खेलको २३औँ मिनेटमा प्रितिले काउन्टर अट्याक गर्दै गोल गर्न सफल भइन् ।
पहिलोपल्ट राष्ट्रिय टिममा पर्न सफल प्रितिले अन्तर्राष्ट्रिय डेब्यू खेलमै गोल गरेर आफ्नो खेल कौशल प्रदर्शन गरेकी छन् ।
यसअघि नेपालकी सविता रानाले पहिलो गोल गरेकी थिइन् । खेलको १४औँ मिनेटमा सविताले डेब्यू गोल गरेकी हुन् ।
एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।