बिर्तामोड । झापा जिल्लामा रहेका फुटबल रेफ्रीहरुलाई फुटबलको परिवर्तित नियमबारे जानकारीमुलक कार्यशाला सम्पन्न गरिएको छ ।

झापा जिल्ला फुटबल रेफ्री संघको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय रेफ्री श्याम दनुवारले प्रष्ट्याएका थिए । उनले फुटबलको सर्वोच्च निकाय फिफाको परिवर्तिन नयाँ नियमका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापामा रहेका २६ जना रेफ्रीहरु सहभागी थिए । कार्यक्रम झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष प्रदिप बस्नेतको अध्यक्षतामा भएको थियो । कार्यशालामा सुखानी सहिद स्मृति प्रतिष्ठानका व्यवस्थापक पुष्प तिवारीको पनि उपस्थिति रहेको थियो ।

 

सोही कार्यक्रममा बाढीपीडित रेफ्री सन्तोष चौधरीलाई रेफ्री संघको केन्द्रीय समितिबाट प्राप्त नगद १५ हजार प्रदान गरिएको थियो ।

यस्तै, कार्यक्रमका विशिष्ट अतिथि तथा बिर्तामोड भेट्रान्स क्लबका अध्यक्ष किरण थापाले झापा जिल्ला फुटबल रेफ्री संघलाई २४ थान जर्सी प्रदान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि आले र विशिष्ट अतिथि थापाले आफ्नो भनाइ राखेका थिए ।