इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
इन्डो-नेपाल फुटसलअन्तर्गत पहिलो सेमिफाइनल खेलब इलाम भेट्रान्स र सूर्योदय भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी दोश्रो सेमिफाइनलमा आहाले भेट्रान्स र पाहुना टोली दार्जीलिङ भेट्रान्सले भिड्न पक्का भएको छ ।
प्रतियोगिताको आजको पहिलो खेलमा इलाम भेट्रान्सले पाहुना टोली सुकिया भेट्रान्सलाई टाइब्रेकरमा ३-२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । प्रतियोगिताको निर्धारित समयमा दुवै टोलीबाट ९-९ गोल भएपछि निर्णयको लागि टाइब्रेकर रोजिएको थियो ।
त्यसैगरी दोश्रो खेलमा आहाले भेट्रान्सले पेम्वा सेभेनलाई ३-२ गोल अन्तरले हरायो । आहालेको जीतमा खड्ग घलेले २ गोल र दिलकुमार कुलुङले १-१ गोल गरे । पेम्वा सेभेनका लागि पुष्प याङ्मालीले २ गोल फर्काए ।
तेश्रो खेलमा सूर्योदय भेट्रान्सले भेट्रान्स रोङ इलाभेनलाई १४-४ गोलको फराकिलो अन्तरले हराउँदै सेमीफाइनल प्रवेश गर्न सफल रह्यो । अन्तिम खेलमा दार्जिलिङ भेट्रान्सले युनाइटेड भेट्रान्सलाई ३-२ गोल अन्तरले पराजित ग¥यो । दार्जीलिङको जीतमा सुवास सुब्बा, राजु तामाङ र दावा तामाङले समान १-१ गोल गरे । युनाइटेडका लागि विके याङ्मालीले २ गोल फर्काए ।
कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा यही २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतका २ टिमसहित ८ टिमको सहभागिता रहेको थियो । कान्दुक रिक्रिएन सेन्टरको फूटसल मैदानमा हुने प्रतियोगिताको विजेताले ३५ हजार ५ र उपविजेताले १६ हजार ५ रुपैंयाँ पाउने छन् । सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछ ।