झापा । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले केही समयपछि भारतको सामना गर्दैछ । पछिल्लो खेलबाट नेपालले टोलीमा ३ परिवर्तन गरेको छ ।

 

नेपालले श्रीलंकाविरुद्ध जितबाट अन्जन विष्ट, विशाल राई र नवयुग श्रेष्ठ बाहिर छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मनिष डाँगी, दिनेश राजवंशी र सुजल श्रेष्ठलाई सुरुवाती ११ मा समेटेका छन् ।

 

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् । डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी र रोहित चन्दसँग विंग ब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल छन् ।

 

 

मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङ छन् । आक्रमणमा सुजल श्रेष्ठ, मनिष डाँगी र सुमन लामा रहेका छन् ।

 

 

नेपालले यस खेलमा जित हासिल गरे टोली फाइनलमा प्रवेश गर्नेछ । भारत भने पराजित भए फाइनल प्रवेश गर्नबाट बन्चित हुनेछ ।