झापा । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालविरुद्ध बंगलादेशले १-० गोलको अग्रता बनाएको छ । खेलको नवौं मिनेटमा सुमन रिजाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका हुन् ।

कप्तान जमल भुयानको फ्रिकिकमा रिजाले उत्कृष्ट हेड मार्फत उत्कृष्ट गोल गरे । पहिलो हाफमा बल पोसेसनमा पकड बनाएको नेपालले केही गोलको अवसर खेर फालेको थियो ।

राउउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको हो । नेपालको लागि यस खेल महत्वपूर्ण रहेको छ ।