काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भारतसँग पराजय भोगेको छ ।

 

 

बंगलादेशका ढाकामा आईतबार भएको खेलमा नेपालले भारतसँग १-० को पराजय भोगेको हो । भारतको जितमा एकमात्र निर्णायक गोल पी नावरेमले खेलको ६७ औ मिनेटमा गरे ।

 

पराजयसँगै फाइनलमा प्रवेश गर्ने नेपालको सम्भावनामाथि धक्का लागेको छ । फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्यकता रहेको थियो ।

 

अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंकाबीच हुने खेलको नजिता पर्खनु पर्नेछ । बंगलादेशले श्रीलंकामाथि जित वा बराबरीकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

 

बंगलादेशले पराजय भोगे नेपालको फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ । यता नेपालमाथि जित निकाल्दै भारत भने प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

भारतले चारमध्ये तीन खेल जित्दै ९ अंक जोडेको छ । यता नेपालले चारमध्ये दुईमा जित र एक खेलमा बराबरीको नजिता निकाल्दै जम्मा सात अंक जोडेको छ । आयोजक बंगलादेशको सात अंक छ र उसले एउटा खेल खेल्न बाँकी छ ।