पोखरा । विभागीय टिम त्रिभुवन आर्मी क्लब २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

 

पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन राजिब गुरुङले निर्णायक गोल गरे । तर, आर्मीले जित निकाल्न दोस्रो हाफसम्म कुर्नु परेको थियो । खेलको ७०औं मिनेटमा राजिबले गोल गरेका थिए । थ्री स्टारका डिफेन्डरको गल्तिमा जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरेका हुन् ।

 

अब सेमिफाइनलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाँच पटकको च्याम्पियन थ्री स्टार भने बाहिरिएको छ ।

 

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । खेलपाटीबाट