काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) खेल्न भोलि बुधबार भारत जाने भएका छन् ।
आईएसएल क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा अनुबन्धित भएका अनन्त बुधबार त्यसतर्फ प्रस्थान गर्ने थ्री स्टार क्लबले जनाएको छ । थ्री स्टारले मंगलबार अनन्तलाई बिदाइ गरेको छ ।
सेन्टर ब्याक अनन्तले यस सिजनको अन्तिमसम्मका लागि इस्ट बंगालसँग सम्झौता गरेका थिए । तर, अनन्त आबद्ध बंगालले लिगमा अब ३ खेल मात्र खेल्न बाँकी रहेको छ ।
अनन्त बाँकी खेल खेलेको खण्डमा आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बन्नेछन् । अनन्तले थ्री स्टार क्लबमा सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका थिए । अनन्त आबद्ध इस्ट बंगाल लिगको १०औं स्थानमा रहेको छ ।