राजगढ, झापा । आयोजक झापा एफसी दोस्रो राजगढ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सुनसरीको पाञ्चायन एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै झापा एफसी फाइनलमा पुगेको हो ।

झापा एफसीका लागि गणेश हेमरम, विवेक पौडेल, गोकुल राजवंशी र काशिम राईले गोल गरेका थिए । सुनसरीका लागि भने कप्तान तीर्थ बस्नेतले दुवै गोल गरे । खेलको म्यान अफ दी म्याच झापा एफसीका गणेश हेमरम घोषित भए ।

सोमबारको अन्तिम सेमिफाइनल खेल शनिश्चरे एफसी झापा र लेटाङ एफसी मोरङबीच हुनेछ । विजेताले नगद एक लाखसहित ट्रफी पाउनेछ ।