बिर्तामोड । घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । झापा ११ पाँचौै पटक झापा गाल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

 

शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटा क्लबलाई २-० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरेका हुन् ।

 

खेलको १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । ५८औँ मिनेटमा विकास मेरग्लियाको क्रसमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

 

जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपको फाइनलमा आर्मी र घरेलु टोली झापाको यो चौँथो भेट हो । यसअघि भएको फाइनल भेटमा तीनवटै संस्कणमा आर्मीले जित निकालेको थियो ।

दोस्रो संस्करणमा मनासँग १-० गोलले पराजित झापा भएको थियो भने अन्य संस्करणमा आर्मीसँग स्तब्ध बनेको थियो । पाँचौपटकको फाइनल यात्रामा झापा ११ लयमा फर्किएको छ ।

 

२०७६ मा भरतपुर गोल्डकपमा झापा ११ लाई १ ० गोलले पराजित गर्दै उपाधि रक्षा गरेको थियो । त्यसका बदला पनि घरेलु मैदानमा लिन सफल भएका छ । अब झापाले सोमबार आर्मीसँग फाइनल खेल खेल्नेछ । आर्मीसँग फाइनलमा चौँथो पटक भेट निश्चित भइसकेको छ ।

 

शनिबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विमल घर्र्तीमगर घोषित भए । उनले नगद ९ हजार ९९९ पाए ।
उनलाई आजका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत, अध्यक्ष विनोद बस्नेत, निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरीले नगद तथा ट्रफी प्रदान गरे ।

 

फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल सोमबार हुनेछ । गोल्डकपको विजेताले विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकका महासचिव गजेन्द्रबहादुर पौडेलले जनाएका छन् ।

 

 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।