सर्लाही । यहाँ जारी छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा उपाधिको छिनोफानो आज हुँदैछ । स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा फाइनल खेल ३ बजे हुनेछ ।

 

साविक विजेता हेटौँडाको पिप्ले युथ क्लब र ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसी उपाधिका लागि भिड्दैछन् । साविक विजेता हेटौँडाले आयोजक बागमती युवा क्लबलाई हराएर उपाधि नजिक पुगेको थियो । पहिलो सेमिफाइनल खेलमा पिप्पलेले ४(२ गोलले आयोजक बागमतीलाई पराजित गरेको हो ।

 

यस्तै, पहिलोपल्ट सहभागिता जनाएको ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले पहिलो खेलमा क्यामरुनलाई पराजित गरेको थियो । अन्तिम सेमिफाइनलमा दोस्रो संस्करणको विजेता सुदूरपश्चिम ११ माथि शानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । जसमा ३ १ गोलअन्तरमा सुदूरपश्चिमलाई पराजित गरेर मछिन्द्रले कम्तिमा ५ लाख सुरक्षित गरिसकेको छ ।

 

 

दुवै टोलीले उपाधि रक्षा गर्ने दाबी गरेका छन् । उपाधि विजेताले नगद १० लाख र ट्रफी पाउनेछ । चैत २ गतेदेखि सुरु प्रतियोगितामा भारतका २ टोलीसहित १२ वटा टिमको सहभागिता थियो । प्रतियोगिता बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा भएको हो ।