अर्जुनधारा । स्वास्थ्यका लागि खेलकुद, विकासका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ अर्जुनधारा १ मा सञ्चालन भएको वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि ९ नम्बर वडाले जितेको छ ।
नमुना बजार शान्ति चोकमा आयोजित प्रतियोगितामा अर्जुनधारा ३ नम्बर वडा समितिलाई पराजित गर्दै ९ नम्बर वडाले उपाधि रक्षा गरेको हो । अर्जुनधारा १ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको म्यान अफ दी सिरिज विजेता टिम ९ नम्बर वडाका सोहित शाह भए ।
यस्तै, वडा नम्बर ३ का सुनिल शाह बेस्ट स्पाइकर, बेस्ट लिफ्टर ९ नम्बर वडाका रमेश राई, बेस्ट लिब्रो ९ नम्बर वडाका सन्देश गुरुङ भए भने ९ नम्बर वडाकै विकास राई म्यान अफ दी म्याच बने ।
वडा खेलकुद विकास समितिका अध्यक्ष अर्जुन तामाङको अध्यक्षतामा भएको प्रतियोगिताको विजेता ९ नम्बर वडा समितिले नगद १५ हजार र ट्रफी पाएको छ भने उपविजेता ३ नम्बर वडा समितिको टिमले नगद १० हजारमा चित्त बुझायो ।
वडा नम्बर १ का अध्यक्ष गजाधर खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा खलेकुद विकास समितिका उपाध्यक्ष गोभिन खतिवडाले स्वागत गरेका थिए ।

कार्यक्रममा हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र प्रसाई, सचिव प्रभा नेपाल, युवा समाजसेवी तथा खेलप्रेमी मदन लिमेल, विजय सेन्दाङ, विष्णु ढकाल, सशस्त्र प्रहरी बल खुदुनाबारी बेस क्याम्पका इन्चार्ज टंक सोराली, ९ नम्बर वडा सदस्य मनोज तामाङलगायतको आतिथ्यता रहेको थियो ।
स्थानीय युवा डिबी दर्नालले सञ्चालन गरेको कार्यक्रममा वडाध्यक्ष खतिवडा, खेलप्रेमी विष्णु ढकाल र मदन लिमेलले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।