काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

 

नेपालले आगामी जेठ ११ र १५ गते कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको एन्फाले जनाएको छ । एन्फाका अनुसार नेपालले अफगानिस्तानलाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको र अफगानिस्तानले त्यसलाई स्वीकार गरेको हो ।

 

छनोटका लागि नेपाली राष्ट्रिय टिमले तयारी तिव्र पारेको छ । झण्डै दुई महिनाको तयारीपछि नेपालले जुन दोस्रो साता कुवेतमा जोर्डन, कुवेत र इन्डोनेसियासँग छनोट खेल खेल्नेछ ।