काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पाँचौ जित निकालेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार सानेपा क्लबलाई २-१ ले हराउँदै झापाले पाँचौं जित निकालेको हो ।

 

झापाको जितमा हरिबहादुर आले मगरले दुई गोल गरे । सानेपाका महेन्द्र शाही एक गोल फर्काए । जितसँगै झापाले ६ खेल १६ अंक जोडेको छ ।

 

झापा शीर्ष स्थानमा रहेको छ । सानेपाले ६ खेलमा १० अंक जोडेको छ । ‘सी’ डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगका शीर्ष दुई टिम ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।